इजलासमा फेरी विवाद: सरकार पक्षलाई जबराले दिए मानहानीको मुद्दा चलाउने चेतावनी - Himal Post Himal Post
  • २४ मंसिर २०८१, सोमबार
  •      Mon Dec 9 2024
Logo

इजलासमा फेरी विवाद: सरकार पक्षलाई जबराले दिए मानहानीको मुद्दा चलाउने चेतावनी



काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाई गर्न पुनर्गठन गरिएको संवैधानिक इजलासमा फेरी विवाद बहेको छ। संसद विघटनविरुद्ध परेका रिटहरुमाथिको सुनुवाइ गर्न पुन: गठित संवैधानिक इजलासमाथि सरकार पक्षले फेरि प्रश्न उठाएको छ ।

रोष्टरमा रहेका ११ जना न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने भन्दै सरकार पक्षबाट अधिवक्ता राजाराम घिमिरेले संवैधानिक इजलासमा निवेदन पेस गरेका छन् । संसदीय सुनुवाइबाट आएका र कल्याण श्रेष्ठ र सुशीला कार्की प्रधानन्यायाधीश तथा न्यायपरिषद् अध्यक्ष हुँदा नियुक्त भएका न्यायाधीशलाई इजलासमा राख्न नमिल्ने भनी अधिवक्ता राजाराम घिमिरेले पेस गरेको रिट समेत इजलासमा गएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले घिमिरेलाई निवेदन फिर्ता लिन भन्दै निवेदन फिर्ता नलिने हो भने अदालतको मानहानीमा मुद्दा चलाउने चेतावनी दिएका छन् ।