आइफा अवार्ड काण्डले भारतमा हङ्गामा - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

आइफा अवार्ड काण्डले भारतमा हङ्गामा



काठमाडौं । नेपालमा चर्को दवाब र आलोचनापपछि सरकारले स्थगित गरेको आइफा अवार्ड समारोह काण्डले भारतीय मिडिया देखि राजनीतिसम्म सनसनी मच्चाएको छ । यो बिषयले नेपालको चिन निकटता देखि भारतबिरोधि अभियानसंग जोडेर चर्चा कमाएको छ ।

कतिपय समाचार माध्यमले भने ओली नेतृत्वको सरकारले सो कार्यक्रम गर्न चाहेको, तर प्रतिपक्षी, आलोचक तथा चिनको प्रभावले हुन नसकेको जानेका छन् ।

राप्रपाका एक नेतालाई उद्धृत गर्दै चीन सो कार्यक्रमबाट एकदमै चिन्तित र त्रसित भएको भन्ने प्रसंग समेत जोडिएको छ । त्यसको खर्च ४ मिलियन डलर लाग्ने अवस्था रहेको तर आलोचकहरुले यसलाई निकै महंगो मानेको पनि समाचारमा जनाइएको छ ।

समाचारमा प्रो—चाइना इलिमेन्टले गलत समाचार प्रवाह गरेर कार्यक्रमको आलोचना गर्ने बातावरण बनाइएको समेत भनिएको छ । नेपालका विद्यालयहरुमा चिनियाँ भाषा मन्दारिनको अध्ययनको व्यवस्था गरिएको, नेपाली फिल्ममा चीनले लगानी गरेको र २० औं आईफा अवार्डको कार्यक्रममा भने चीनले नेपाललाई प्रभावित पारेकोले हुन नसकेको एक पत्रिकाले दाबि गरेको छ ।

यतिमात्र होइन सामाजिक सञ्जालमा समेत यो बिषयले हङ्गामा मच्चाएको छ । कतिपयले नेपाल अब भारतको हातमा नरहेको टिप्पणी गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् भने कतिपयले नेपालले गलत निर्णय गरेको बताएका छन् ।