सरकारलाई आइफाको चेतावनी : कानुनी उपचार गर्न नपरोस - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

सरकारलाई आइफाको चेतावनी : कानुनी उपचार गर्न नपरोस



काठमाडौं – नेपाल सरकारलाई इन्टरनेशनल इण्डियन फिल्म एकेडमी अवार्ड (आइफा)ले चेतावनी दिएको छ । नेपालमा गर्ने भनिएको अवार्ड समारोहको आयोजक विजक्राफ्ट इन्टरनेशनलले पहिलोपटक बिज्ञप्ति जारी गर्दै अदालत जाने चेतावनी दिएको हो ।

नेपालमा हुने भनिएको अवार्ड स्थगित गरिएको अवस्थामा उसले कानुनी उपचार खोज्ने चेतावनी दिएको छ। ‘जारी छलफलको विषयलाइ नेपालका सरकारी अधिकारीहरूले सार्वजनिक गरेका छन् त्यसले हाम्रो संस्थालाइ कानुनी उपचार खोज्न बाध्य पारेको छ’, विज्ञप्तिमा भनिएको छ। नेपालमा अवार्ड हुँदा नेतृत्व गर्ने भनेको संस्था पर्यटन बोर्डले संसदीय समितिमा विजक्राफ्टले पठाएको प्रस्ताव सार्वजनिक गरेको थियो।

२० औं संस्करणको अवार्ड समारोह आयोजनाका लागि नेपालसहित धेरै देशले प्रस्ताव पठाएको विज्ञप्तिमा उल्लेख छ।

‘सन् २०१९ को आइफा अवार्ड आयोजना गर्न चाहने ती देशहरुमध्ये नेपाल एउटा हो। तर आइफाको २० औँ संस्करण नेपालमा गर्नेबारे अहिलेसम्म औपचारिक निर्णय भएको छैन। पछिल्ला क्रियाकलापमा आइफा संलग्न छैन’, विजक्राफ्टले भनेको छ। यही कारण अगामी संस्करणबारे हालसम्म आइफाले कुनै जानकारी वा भिडियो बनाउन नसकेको उसले प्रस्ट पारेको छ।

अवार्ड समारोह काठमाडौंबाहेक नेपालका अन्य स्थानमा पनि गर्न सकिने उसले उल्लेख गरेको छ।

विजक्राफ्टका अन्तर्राष्ट्रिय निर्देशक आन्द्रे टिमिन्सद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘अवार्ड आयोजना गर्ने विषयमा कुनै सहमति नजुट्दै नेपालको संसदीय समितिसम्म कुरा उठ्नु असामान्य हो।’

‘दुई पक्षबीच सहमति नजुट्दै नेपालमा यस विषयमा धेरै चर्चा भयो। हामी कानुनी रुपमा अघि बढ्छौँ’, विज्ञप्तिमा भनिएको छ।