आइजीपी प्रकरण:- सर्बोच्चद्वारा चन्दको बढुवा बदर
हिमालपोष्ट/काठमाडौं, चैत्र ८।
आइजीपी बढुवा प्रकृयामा सर्वोच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई बढुवा गर्ने सरकारको निर्णयलाइ बदर गरेको छ । साथै प्रहरी नियमावली अनुसार उपयुक्त व्यक्तिलाई प्रहरी प्रमुख बनाउन निर्देशन दिएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दलाई आईजीपीमा बढुवा गर्ने निर्णय बदर भएको फैसला सुनाएको छ।