आईजीपी खनाल भारतमा - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

आईजीपी खनाल भारतमा



भारतको नयाँ दिल्लीमा हुने ‘थर्ड कोअर्डिनेसन मिटिङ’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् । महानिरीक्षक खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले शुभकामनासहित विदाई गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालका साथ त्यसतर्फ गएको नेपाली प्रतिनिधि मण्डलमा सशस्त्र प्रहरी बल नेपालबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसी तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक कविन्द्रमान श्रेष्ठ र सशस्त्र प्रहरी नायव उपरीक्षक कमलप्रसाद तिउसिना छन् ।

यसैगरी सो प्रतिनिधिमण्डलमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुशीलकुमार भण्डारी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृहमन्त्रालयका उपसचिव एकदेव अधिकारी र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत डा. इला मैनाली रहेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक तथा भारतको सशस्त्र सीमा बलका महानिर्देशकबीच हुने सो ‘कोअर्डिनेशन मिटिङ’ २२ देखि २५ साउनसम्म हुने छ ।