आइजिपी नियुक्ति विवाद:ओलीको रोजाई कार्की र प्रचण्डको रोजाई खनाल - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

आइजिपी नियुक्ति विवाद:ओलीको रोजाई कार्की र प्रचण्डको रोजाई खनाल



काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आइजिपी नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बादलबीच आकस्कमिक छलफल बसिरहेको छ ।

बुधबारदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले अवकाश पाउन लागेकाले मंगलबार नै सरकारले दुवै सरकारमा नयाँ आइजिपी पदपुर्ती गर्ने तरखरमा छन् । एमाले र माओवादीबीच कुरा नमिल्दा मंगलबार बिहानको मन्त्रिपरिषद् बैठकमा यससम्बन्धी प्रस्ताव पेश नभएको स्रोको भनाई छ ।

कुरा मिलेमा आइजिपी नियुक्तिका लागि मंगलबार नै मन्त्रिपरिषद्को अर्को बैठक बस्ने सम्भावना रहेको प्रधानमन्त्री निकट एक अधिकारीले बताए । स्रोतका अनुसार ओलीले पुष्कर कार्कीको प्रस्ताव गरेकोमा प्रचण्डले सर्वेन्द्र खनालको नाम लिएपछि कुरा कुरा नमिलेको हो।