राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय: गृहले मापदण्ड तोड्यो - Himal Post Himal Post
  • २३ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 7 2025
Logo

राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय: गृहले मापदण्ड तोड्यो



भदौ २२, काठमाडौं-

गृह मन्त्रालय आफैंले बनाएको मापदण्डविपरीत राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय गरेको छ ।

राष्ट्रिय परिचयपत्रमा तीनपुस्ते विवरण, अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको फोटो र शैक्षिक–आर्थिक विवरणसमेत समेटिने मापदण्ड गृहले बनाएको थियो । आजको नयाँ पत्रिकामा यो खबर छ ।

तर, बुधबार गृहसचिव लोकदर्शन रेग्मीले निर्वाचन आयोगले संकलन गरेको मतदाता नामावलीको विवरणलाई नै राष्ट्रिय परिचयपत्रमा समेट्ने गरी निर्णय गरेको छ ।