अस्पतालको आइसीयुमा भेटिए हराएका जनमोर्चाका सांसद
काठमाडौँ- गण्डकी प्रदेशका प्रदेश सभाका जनमोर्चाका सांसद खिमविक्रम शाही अस्पताक्लामा भेटिएका छन् । उनी चरक मेमोरियल हस्पिटलको आइसियुमा भर्ना भएका छन् ।
शाही अस्पताल भर्ना भएको उनका स्वकीय सचिव मिलन हमालले जानेका छन् । उनलाई दिउँसो १२ बजे अचानक बिरामी भएपछि उपचारका लागि अस्पताल लगिएको बताइएको छ ।
उनको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको समयमा शाही अस्पताल भर्ना भएपछि आजै मतदान भए प्रस्ताव फेल हुन सक्नेछ ।