४४ करोड ठगी काण्डमा सिभिल बैंकका अध्यक्ष पक्राउ - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

४४ करोड ठगी काण्डमा सिभिल बैंकका अध्यक्ष पक्राउ



काठमाडौं- सिभिल बैंक तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले ठगी आरोपमा सोमबार राति सुनधाराबाट पक्राउ गरेको हो । उनीसँगै अन्य केही व्यक्तिहरु पनि पक्राउ परेका छन् ।

प्रहरीले यसबारे आज जानकारी दिँदै छ । प्रहरीका अनुसार तामाङमाथि ४४ करोड रुपैयाँभन्दा धेरै हिनामिना गरेको र ठगी गरेको आरोप लागेको छ । निक्षेपकर्ताको बचतमा उनले ठगी गरेको आरोप लागेको हो ।

तत्कालीन सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थामा जम्मा गरिएको हजारौँ ग्राहकको निक्षेप उनले हिनामिना गरेको आरोप लागेको छ । प्रहरीले आज यसबारे पत्रकार सम्मेलन गर्ने जनाएको छ ।