आईसीसीले गर्‍यो एकैपटक १३ खेलाडीलाई कारबाही - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

आईसीसीले गर्‍यो एकैपटक १३ खेलाडीलाई कारबाही



एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले एकै खेलमा १३ खेलाडीलाई कारवाही गरेको छ । सोमबार सम्पन्न इंग्ल्यान्ड र पाकिस्तानसँगको खेलको क्रममा विभिन्न गल्ती गरेका १३ खेलाडीलाई कारवाही गरेको जनाएको छ ।

इंग्ल्यान्डबाट जोसन रोय र जोफ्रा आर्चर र पाकिस्तानको पुरै टिमलाई कारबाही गरेको हो । पाकिस्तानका खेलाडीलाई सुस्त गतिको ओभर गतिमा तथा आर्चर र रोयलाई आचरसहिंता विपरित व्यवहार गरेको भन्दै कारवाही गरेको हो ।

पाकिस्तानले निर्धारित समयभन्दा एक अोभर ढिला बलिङ गरेपछि कप्तान शरफराज अहमदलाई म्याच फिको २० प्रतिशत तथा अन्य खेलाडीको १० प्रतिशत जरिवाना काटिने जनाईएको छ ।

फकार जमान, इमाम उल हक, बाबर आजम, मोहम्मद हफिज, सोएब मालिक, आशिफ अली, सादब खान, हसन अली, वहाब रियाज र मोहम्मद आमिर जरिवानामा परेका हुन् ।

इंग्ल्यान्डका रोय र आर्चर दुवैको म्याच फिबाट १५–१५ प्रतिशत रकम काटिने छ । इंग्ल्यान्डका ओपनर जेसन रोयले १४ औं ओभरमा खराब फिल्डिङसँगै खेल भावना विपरित शब्द बोलेको एम्पायरले सुनेपछि कारवाहीमा परेका हुन् । यस्तै २८ अौं ओभरको चौथो बलमा एम्पायरले वाईड दिँदा आपत्ति जनाउँदा जोफ्रा आर्चर कारबाहीमा परेका हुन् । उक्त खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई पाकिस्तानले १४ रनले हराएको थियो ।