यसरी विवादित बन्दैछ आइसिसी - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

यसरी विवादित बन्दैछ आइसिसी



एजेन्सी- श्रीलंकाले इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा खराव पिच र प्रशिक्षण व्यवस्थालाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) प्रति दुःख व्यक्त गरेको छ ।

इएसपिएनक्रिकइन्फोको रिपोर्ट अनुसार आइसिसीले पिचलाई लिएर दोहोरो व्यवहार गरेको श्रीलंका राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापकले आरोप लगाएका छन् । तर, आइसिसीले भने कुनै टिमप्रति पक्षपात नगरेको जनाएको छ ।

श्रीलंकाका दुई खेल बर्षाकाकारण स्थगित भएका थिए । त्यसअघी कार्डिफमा न्युजल्यान्डविरुद्ध खेलीएको पहिलो खेल र अफगानिस्तानविरुद्ध खेलिएको खेलमा घाँस युक्त पिच मिलेको थियो ।

‘हामीले अहिलेसम्म अवलोकन गरिरहेका छौ की कार्डिफ र ब्रिस्टलमा भएका हाम्रा चार खेलमा सबै घाँस युक्त पिच पायौ । तर, त्यही मैदानमा अन्य टोलीले भने कम घाँस भएको पिच पाए । जहाँ अन्य टोलीले ठुलो स्कोर बनाए,’ श्रीलंका राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापकले भने, ‘कार्डिफमा भएको खेलमा अभ्यासका लागि जो सुविधा थियो त्यो पनि राम्रो थिएन् । तीन नेटको ठाउँमा आइसिसीले हामीलाई दुई नेट मात्र दिएका थिए ।’

‘ब्रिस्टलमा हामीलाई राखिएको होटेलमा स्वीमिङपुल पनि थिएन् । जो हरेक टिमका लागि अत्यावस्यक ठानिन्छ । ब्रिस्टलमा नै पाकिस्तान र बंगालादेशलाई जुन होटेल दिएको थियो त्यसमा स्वीमिङपुलको सुविधा थियो ।’

यि सुविधाका लागि चार दिन पहिले लिखित पत्र बुझाए पनि हालसम्म कुनै प्रतिक्रिया नआएको उनले बताए । ‘हामी तबसम्म पत्र लेख्ने छौ जबसम्म हामीलाई कुनै प्रतिक्रिया आउँदैन,’ टिम व्यवस्थापकले बताए।