कांग्रेसको आदिवासी जनजाति संघका सभापतिले दिए राजीनामा - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

कांग्रेसको आदिवासी जनजाति संघका सभापतिले दिए राजीनामा



काठमाडौं–आदिवासी जनजाति संघको विधान संशोधनमा भएको ढिलाईलगायतका विषयप्रति असन्तुष्टि जनाउँदै संघका सभापति इन्द्रबहादुर (आइबी) गुरुङले राजीनामा दिएका छन्। उनले सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै माघ ११ गते राजीनामा दिएका हुन्।

पार्टीबाट आदिवासी जनजाति समुदायको पक्षमा खासै चासो र सहयोग प्राप्त हुन नसकेको उनको गुनासो छ। संघको पूरानो विधान संशोधन गरी संघीय संरचनाअनुसार संस्थालाई परिवर्तन गर्न २०७४ फागुन २७ गते संशोधित विधान चार वर्ष पुग्न लाग्दासमेत पार्टी केन्द्रीय कार्यसमितिबाट स्वीकृत नगरिएको र त्यसबाट संघको महाधिवेशनसमेत गर्न नपाएको उनले बताएका छन्।

गुरुङले २०७५ वैशाख २० गते आदिवासी जनजातिहरुको सांस्कृतिक चाडपर्वको बिदा तत्कालीन केपी ओली सरकारले खारेज गरेकोमा त्यसकाबारेमा आवाज उठाउन सभापतिलाई ५ बुँदे ज्ञापनपत्र बुझाउँदासमेत एक शब्द नबोली मौन समर्थन गरेको आरोप लगाएका छन्।

सभापतिकै नेतृत्वमा सरकार हुँदा समेत ती सार्वजनिक बिदा पुनःस्थापना नहुँदा आफूले नैतिक रुपमा संघको सभापतिमा रहन उचित नठानेको उनले उल्लेख गरेका छन्।

गुरुङले कतिपय आदिवासी जनजातिले ज्यानलिनसक्ने धम्कीसमेत आफूले सहनुपर्ने अवस्था आएको र पार्टीको आदिवासी जनजातिको मुद्दा उछाल्नेलाई कसरी सिध्याउने चिन्ता, परिवारको चिन्ता, धनकोचिन्ता, धर्मनिरपेक्ष खारेजको चिन्ता गरेका कारण संघको सभापति र क्रियाशील सदस्यस्ताबाटसमेत राजीनामा दिएको उल्लेख गरेका छन्।