सन्तोष राजको सङ्गीत अनि राजेश पायलको स्वरमा ‘आईलभ यु’ सार्वजनिक - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

सन्तोष राजको सङ्गीत अनि राजेश पायलको स्वरमा ‘आईलभ यु’ सार्वजनिक



हिमाल पोस्ट / काठमाडौँ ।

नेपालका चर्चित गायक राजेश पायल राईको स्वर तथा सन्तोष राजको सङ्गीतमा सजिएको सुन्दर गीत ‘आईलभ यु’ लाई बुधवार विन्ध्यवासिनी म्युजिकले युट्युबमा सार्वजनिक गरेको छ । यस अघि दर्शन नमस्ते-३एल्बममा समावेश गरिएका गीतहरूले निकै नै चर्चा बटुले भने अब दर्शन नमस्ते ४ एल्बमका गीतहरू सार्वजनिक हुँदै छन् । विभिन्न भाषाका गीतमा कर्णप्रिय सङ्गीत भरेर नेपाली श्रोताहरु माझ लोकप्रिय बनेका संगीतकार सन्तोष राज र राजेश पायल राई विन्ध्यावासीनी म्युजिकको निर्माण भएको यस गीत धेरै नेपाली श्रोताहरुको प्रतिक्षित गीत समेत हो ।

दर्शन नमस्ते-४ मा समाबेश यस गीतको रेकर्डिङका लागि साउन २४ गते संगै भारतको मुम्बई प्रस्थान गरेका संगीतकार सन्तोष राज र गायक राईले मुम्बई स्थित ईम्पाईर स्टुडियोमा गीत रेकर्ड गराएका थिए । करिव १० दिनको मुम्बई बसाईमा यो लगायत अन्य गीतहरू समेत रेकर्ड गरिएको गायक राईले बताए । बुधवार सार्वजनिक ‘आईलभ यु’ को लिरिक्स डा. नवराज लम्सालको हो । कजिस श्रेष्ठको निर्देशनमा बनेको यस गीतको म्युजिक भिडियोमा अनु शाह र विजय तामाङले अभिनय गरेका छन् ।

विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने पहिलो गायकका रुपमा चिनिने गायक राईका नेपालमा मात्र नभएर एसियायी देशहरुमा समेत उनको धेरै फ्यान छन् । ‘फैलियो माया दुबो सरि’ र ‘बैगुनी रैछौ मायालु’ गायक राईका सुरुवाती चर्चित गीतहरू हुन ।

२०६७ मा छिन्नलता पुरस्कारबाट सम्मानित गायक राईको नयाँ एल्वमको गीतहरुमा स्व. अम्बर गुरुङ, सन्तोष राज,रञ्जित गजमेर, उत्तमजङ लिम्बू, बसन्त सापकोटा, महाराजा थापा, अर्जुन पोखरेल, पारस मुकारुङ, बादल लिम्बू, विनोद खम्बु र महेश खड्काको सङ्गीत रहने छ । त्यस्तै एल्वममा समावेश गीतका शब्दहरु टीका चाम्लिङ, राई नवीन, वसन्त सापकोटा, महेश खड्का र डा.कृष्णहरि बरालको रहेका छन् ।