क्रिप्टोकरेन्सीका सम्पूर्ण साइटहरू बन्द गर्न निर्देशन - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

क्रिप्टोकरेन्सीका सम्पूर्ण साइटहरू बन्द गर्न निर्देशन



काठमाडौँ – नेपाल दुरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार गर्ने सबै वेबसाइटहरू बन्द गर्न निर्देशन दिएको छ । बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायत साइट तथा एपहरु बन्द गर्न निर्देशन दिएको हो ।

अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप भर्चुअल माध्यमहरू नेपालभित्र प्रयोग सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध वा कालो सूचीमा राख्न अर्थमन्त्रालयको मन्त्रिस्तरको निर्णयानुसार भएको भन्दै त्यस्ता साइट बन्द गर्न निर्देशन दिएको हो ।

नेपालमा पछिल्लो समय क्रिप्टोकरेन्सीमा लगानी बढेको भन्दै यसलाई कडाइ गर्न सरकारले विभिन्न उपायहरू अपनाउँदै आएको छ ।