हायात होटलका मजदूर काममा फर्किए : यस्तो भयो सम्झौता - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हायात होटलका मजदूर काममा फर्किए : यस्तो भयो सम्झौता



एक सातादेखि हडतालमा उत्रिएका होटल हायातका मजदुर काममा फर्किएका छन् ।

काठमाडौंको पाँचतारे होटल हायातमा कार्यरत मजदूरहरू सेवा सुविधाको माग गर्दै हड्तालमा उत्रिएका उनीहरू आजदेखि काममा फर्किएका हुन्।

एक सातादेखि मजदूर हडतालमा उत्रिएपछि होटल बन्द भएको थियो।

श्रम कार्यालयले हड्ताल रोकेर कामसँगै वार्ता अघि बढाउन भनेपछि आजदेखि आफूहरू काममा फर्किएको होटलमा रहेको आधिकारी ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले जानकारी दिए।

व्यवस्थापनले पहिले नै भएको सम्झौता अघिल्लो वर्षसम्म पूरा गर्दै आए पनि सन् २०१९ को जनवरीदेखि रोकिदिएकाले मजदूरहरू हड्तालमा उत्रिएका थिए।

कुल ४ सय जनशक्ति रहेको होटलमा ट्रेड युनियनमा आवद्ध सबैले काम छाडेर माग पूरा हड्तालमा उत्रिएका थिए। ती सबै आजदेखि काममा फर्किएका छन्।