बन्द भयो पाँचतारे हायात होटल - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

बन्द भयो पाँचतारे हायात होटल



काठमाडौं- पाँचतारे होटल हायात रिजेन्सी बन्द हुने भएको छ।

काठमाडौंको पाँचतारे होटल हायात ६ हप्ताका लागि शनिबारदेखि बन्द हुने भएको हो।

होटल व्यवस्थापनले कोरोना भाइरस संक्रमणको उच्च जोखिम भएपछि बन्द गर्न लागिएको व्यवस्थापनले जानकारी दिएको छ।

होटलका प्रवक्ता गोविन्द परियारका अनुसार मार्च २१ देखि ६ हप्ताका लागि होटल पूर्ण रुपमा बन्द हुने छ।

अहिलेका लागि ६ हप्तासम्म बन्द हुने परियारले जानकारी दिए।

होटल बन्द हुने भएपछि होटलमा कार्यरत मजदुरलाई कसरी विदा गर्ने भनेर छलफल चलिरहेको परियारले जानकारी दिए।

सरकारले २० तारिकदेखि नेपलसँग प्रत्यक्ष उडान हुने अधिकांस गन्तव्यबाट नेपाल आउन रोक लगाएपछि होटलहरु बन्द हुने अवस्थामा पुगेका छन्।