ह्यारीले बल्ल मुख खोले: यस्तो रहेछ दरबार छाड्नुको कारण - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

ह्यारीले बल्ल मुख खोले: यस्तो रहेछ दरबार छाड्नुको कारण



एजेन्सी- बेलायतका राजकुमार ह्‍यारीले राजपरिवारको वरिष्ठ सदस्यको दर्जा छोड्ने निर्णयबारे पहिलो पटक मुख खोलेका छन्।

लण्डनमा अफ्रिकाकासँग जोडिएको आफ्नो च्यारिटी कार्यक्रममा ह्‍यारीले शाही उपाधि त्याग्‍नु पर्दा गहिरो दु:ख लागेको पनि बताएका छन्।

‘तर एक शान्तिपूर्ण जिन्दगीका लागि यसको अलवा मसँग अर्को कुनै बाटो थिएन’, उनले भनेका छन्, ‘सदैव जनताको तर्फबाट मिल्ने सहयोगबाट पाइने सुविधा र भव्य जीवनशैली त्याग्‍नै चाहेको थिएँ।’

तर उनले शाही परिवारको जिम्मेवारी छोडेर अर्को देशमा नयाँ जिन्दगी सुरु गर्न आफूलाई धेरै डर लागेको कुरा राजकुमार ह्‍यारीले उल्लेख गरेका छन्।

महारानी एलिजावेथको तर्फबाट दुई दिनअघि मात्रै राजकुमार ह्‍यारी र उनकी पत्‍नी मेगनले अब उप्रान्त ‘हिज/हर रोयल हाइनेस’ को प्रयोग गर्न नसक्ने घोषणा भएको थियो। यसका अलावा उनलाई जनताबाट प्राप्त फन्डबाट कुनै हिस्सा पनि मिल्ने छैन।

अबदेखि राजकुमार ह्‍यारी कुनै पनि देशमा महारानी एलिजाबेथका प्रतिनिधि पनि रहने छैनन्।

सैन्य उपाधि गुमाउँदा दु:ख

ह्‍यारीले पटक पटक आफूले सदैव जनताको सहयोगबाट मिलिरहेको आलिशान जिन्दगी त्याग्न चाहेको दोहोर्‍याए।

यस्तोमा उनले आफूलाई मिलिरहेको सैन्य उपाधि र अफगानिस्तानमा ब्रिटिश सैनिकसँग काम गरेर मिलेको समर्थन गुमाउनुपरेकोमा गहिरो दु:ख लागेको बताएका छन्।

‘हामी विश्‍वासको एकदमै ठूलो छलाङ्ग लगाइरहेका छौँ’, उनले भनेका छन्, ‘ती सबैजनामा धन्यवाद! जसले हाम्रो यो निर्णय लिन हिम्मत दिए।’

ह्‍यारीलाई सघाउन सक्छन् चार्ल्स

बेलायतको पत्रिका ‘द डेली टेलिग्राफ’ का अनुसार राजकुमार चार्ल्स आफ्नो निजी आम्दानीबाट ह्‍यारीलाई आर्थिक सहयोग गरिरहनेछन्। समाचार अनुसार राजकुमार ह्‍यारी पहिलेदेखि नै करोडौँ पाउन्डका मालिका छन्।

अर्कातिर मेगनले पनि हलिउडमा अभियान गरेर राम्रो आम्दानी गरेकी छन्। मेगन स्वास्थ्यसम्बन्धी सामाग्री बजारमा ल्याउने तयारीमा छिन्।

ह्‍यारी र मेगनले एक साताअघि नै राजपरिवारकोतर्फबाट मिलिरहेको वरिष्ठता छोड्ने घोषणा गरेका थिए। ह्‍यारी र मेगनले बिहीबार आफ्नो वेबसाइट र इन्स्टाग्राममा शाही परिवारको ‘वरिष्ठ’ सदस्य पदबाट अलग भइरहेको जनाएका थिए।

उनीहरुले आर्थिक रूपमा आत्मनिर्भर बन्‍नका लागि योजना बनाइरहेको पनि जानकारी दिएका थिए। राजकुमार ह्‍यारी र मेगनको बिहे सन् २०१८ मा भएको थियो।

त्यो बेला यिनीहरुको बिहेमा जनताको ३.२ करोड पाउण्ड करिब (अर्ब ७४ करोड रुपैयाँ) खर्च भएको थियो।

यसका अलावा हालै दुवैले विन्डसर प्यालेसस्थित आफनो घरको मर्मतका लागि २४ लाख पाउण्ड (करिब ३६ करोड रुपैयाँ) लगाएका थिए।

शनिवार बकिङ्घम प्यालेसको तर्फबाट जारी विज्ञप्तिमा ह्‍यारी-मेगनबाट उक्त खर्च पनि फिर्ता लिइनेछ।