राजकुमार ह्यारी र मेगनलाई बर्गर किंगबाट जागिरको अफर - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

राजकुमार ह्यारी र मेगनलाई बर्गर किंगबाट जागिरको अफर



जेन्सी । बेलायतको राजपरिवारको वरिष्ठ पद छाड्ने घोषणा गरिसकेका प्रिन्स ह्यारी र उनकी पत्नी मेगन मर्केललाई अमेरिकी मल्टिनेशनल फुड चेन ‘बर्गर किंग’ले ट्विट गर्दै पार्ट टाइम जबको अफर दिएको छ ।

यसको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । एक प्रयोगकर्ताले भने यसलाई निकै आपत्तिजनक भनेका छन् भने कम्पनीले कोही मानिसको मन जितेको छ ।

फुड चेन बर्गर किंगले सोमबार ट्विट गर्दै लेखेको छ की ‘ह्यारी यो शाही परिवार पार्ट टाइम जब दिन्छ’ यहाँ शाही परिवारको मतलब बर्गर किंग रहेको छ ।

यो जोडी नयाँ सन्तान जन्मनेबित्तिकै क्यानडा सर्ने अन्तिम निर्णयमा पुगेको छ । मेगनको यस निर्णयसँगै बेलायतमा भने भुइँचालो नै गएको छ । धेरैले मेगनले ह्यारीलाई बसाई सर्न मनाएकामा चित्त कुँडाएका छन् ।

सर्वसाधारणले त चित्त दुखाए नै दरबारभित्रकी महारानी एलिजाबेथ द्वितियाले पनि चित्त कुँडाएकी छन् । महारानीका प्रिय ‘राजकुमार’ पदवि त्यागेर देशै छाड्ने कुरामा सहमत छैनन् । मेगनले आफ्नो भर्खरै जन्मिएको छोराको भविष्यका लागि यो निर्णय उचित रहने बताउँदै आएकी छन् ।

राजकुमार ह्यारी महारानी एलिजाबेथ द्वितियकी नाती हुन् । बेलायत राजगद्दी सम्हाल्नका लागि उनी छैटौं नम्बरका दाबेदार हुन् । सन् २०१८ मे महिनामा उनले मेगनसँग बिहे गरेका हुन् ।