ह्यारी केनले सिजनका सबै खेल गुमाउने - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

ह्यारी केनले सिजनका सबै खेल गुमाउने



लन्डन- इंग्लिस क्लब टोटनह्यामका स्ट्राइकर ह्यारी केनले सिजनका बाँकी खेल गुमाउने खतरा बढेको छ।

युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा उनी घाइते भएका थिए। म्यानचेस्टर सिटीविरुद्ध मंगलबार राति भएको खेलमा केनको कुर्कुच्चामा चोट लागेको थियो। प्रशिक्षक माउरिसियो पोचेटिनोले केनले सिजनको बाँकी खेल गुमाउने अशंका व्यक्त गरेका हुन्।

सिटीविरुद्धको खेलमा केन देब्रे कुर्कुच्चामा चोट लागेपछि बीचमा मैदान छाड्न बाध्य भएका थिए। ‘हाम्रो लागि चिन्ताको विषय हो। हामी उनलाई मिस गर्दैछौ। सायद यो सिजनभरीका लागि पनि हुन सक्छ। यो ठुलो नहोस भन्ने हामीले आसा गरेका छौं,’  प्रशिक्षक पोचेटिनोले भने।

फाबियन डेल्फले बल क्लियरेन्स गर्ने क्रममा केन मैदानम चिप्लिएका थिए। यसअघि केन गत जनावरीमा देब्रे कुर्कुच्चाको लिगामेन्ट च्यातिदा २ महिना मैदान बाहिर रहेका थिए।