नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक ह्वाटमोरले पठाए इमेलमा राजीनामा - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक ह्वाटमोरले पठाए इमेलमा राजीनामा



काठमाडौँ – नेपाली क्रिकेट टिम ओमानमै भएका बेला नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन् । टिमलाई लिएर ओमान गएका ह्वाटमोरले राजिनामा दिएको बताइएको छ।

ओमानमा रहेका प्रशिक्षक ह्वाटमोरले इमेलबाट राजीनामा पठाएका छन् । उनले एकाएक किन राजिनामा दिए भन्ने नखुले पनि व्यक्तिगत कारणले राजीनामा दिएका जनाइएको छ ।

कोभिड-१९ र व्यक्तिगत कारण देखाउँदै उनले इमेलमार्फत राजीनामा पठाएको बताइएको छ । नेपाली क्रिकेट टिम हाल विश्वकप डिभिजन २ क्रिकेट लिग अन्तर्गतको ओमान र अमेरिकासँगको त्रिकोणात्मक श्रृंखला खेल्न ओमानमा छ ।

मुख्य प्रशिक्षक ह्वाटमोरले ओमानबाटै नेपाल क्रिकेट संघ क्यानलाई इमेलमा राजीनामा दिएको बताइएको छ ।