अधिवक्ता रमण श्रेष्ठले भने: सरकार पक्षले न्यायालयको हुर्मत लियो - Himal Post Himal Post
  • १८ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 3 2024
Logo

अधिवक्ता रमण श्रेष्ठले भने: सरकार पक्षले न्यायालयको हुर्मत लियो



काठमाडौं –वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले २ जना न्यायाधीशको नाममा सरकारी पक्षले न्यायालयको हुर्मत काढ्ने काम भएको बताएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदकका तर्फबाट संवैधानिक इजलासमा बहस गर्दै श्रेष्ठले शब्द–शब्दमा न्यायाधीश र न्यायालयमाथि प्रहार भएको बताएका हुन्।

संवैधानिक इजलासमा समेटिएका न्यायाधीशका बारेमा प्रश्न उठाइएपछि वरिष्ठ अधिवक्ता श्रेष्ठले यस्तो बताएका हुन् । उनले ११ जना न्यायाधीशमाथि अहिलेको सुनुवाइमा बस्न नमिल्ने भन्दै सरकारी पक्षबाट निवेदन दिइएपछि श्रेष्ठले यस्तो बताएका हुन्। उनले भने, ‘११ जनाले बस्न मिल्दैन भन्ने रिट आयो, अब के हुन्छ ? के गर्न खोजेकोे?’