सनातन हिन्दु धर्मको संरक्षणका लागि चापाकोट नगरपालिकालाई ज्ञापन पत्र
गोपीकृष्ण रेग्मी
हिन्दु धर्मको धार्मिक प्रवचन तथा सनातन हिन्दु धर्मको संरक्षणका लागि चापाकोट नगरपालिकालाई ज्ञापन पत्र बुझाउने तथा प्रवचन कार्यक्रम चापाकोट सुन्तलीटारमा सम्पन्न भएको छ ।
हिन्दु जागरण नेपाल स्याङजा शाखाको आयोजनामा नगरपालिकालाई ज्ञापन पत्र बुझाउने तथा प्रवचन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा चापाकोट नगरपालिका नगर प्रमुख शिव कुमार गिरीले चापाकोटमा हिन्दु धर्म विरुद्ध गतिविधि हुन नदिन प्रतिबद्धता व्यक्त गरे ।
हाम्रो देश हरेक जातजाति भाषा भाषी र समुदायले मिलेर बसेको ठाउँमा आफ्नो आफ्नो भाषा संस्कार संकृति मान्न पाउने सबैको अधिकार भएको बताउँदै हिन्दु धर्मको संरक्षण अभियानमा आफू पूर्ण रूपले लागि पर्ने भनाई राख्दै गिरीले कालीगण्डकी रामनदीधाम राम्दी बाट स’रुङ मार्ग ह’दै ब’टवल लाने ज’न कार्य अगाडी बढाउनको लागी सरकार लागी परेको बताउँदै यसको संरक्षणमा हामी सबै मिलेर खवरदारी गनर्’पर्ने धारण राखे ।
हरेक मानिस धार्मिक बन्नु पर्ने बताउँदै धर्मले मानिसलाई अनुशासनमा बाँध्ने भएकाले , मानिसमा अनुशासन हुन आवश्यक भएको कुरा बताए ।
यस्तै कार्यक्रममा युवा दार्शनिक प्रखर प्रवक्ता चैतन्य कृष्ण प्रभुले जीवनमा सनातन धर्मको छुट्टै महत्त्व भएको बताउँदै सनातन धर्मको कारण मानवहरूको रक्षा हुन सकेको बताउनुभयो ।साथै सनातन धर्मको रक्षाका लागि सबै हिन्दु धर्मालम्बीहरु सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मणि मुकुन्देश्वर संस्कृत पाठशालाका बटुक गंगाधर, हिन्दु जागरण युवा सङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश डुम्रे लगायतले मन्तव्ये । हिन्दु जागरण नेपाल स्याङजा शाखाका अध्यक्ष लक्ष्मण प्रसाद तिवारीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत समितिका सदस्य जीवन डोटेल र सञ्चालन सचिव नारायण विश्वकर्माले गरेका थिए ।