संक्रमितको उपचारमा शुल्क लिने अस्पताललाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

संक्रमितको उपचारमा शुल्क लिने अस्पताललाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने



काठमाडौं- कोरोना भाइरस संक्रमितहरुको निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाही गर्ने भएको छ । बुधबार मन्त्रालयले संक्रमितको उपचार निःशुल्क नगर्ने अस्पताललाई चेतावनी दिएको छ।

मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्ने सबै कोभिड अस्पतालहरुलाई परिपत्र जारी गर्दै कोरोनाको लक्षण देखिएका सबै संक्रमितको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ । मन्त्रालयले निःशुल्क उपचार नगराउने अस्पताललाई कारबाही गर्ने चेतावनी समेत दिएको छ।

‘मन्त्रालयले कोभिड उपचारका लागि सूचिकृत अस्पतालहरुलाई कोभिड १९ का लक्षण वा चिन्ह देखिएका व्यक्तिहरुको परीक्षण र उपचार निःशुल्क (तर कोरोना बिमा गरेकाको हकमा बिमा रकमबाट र सक्षम, इच्छुक र योगदान गर्न चाहनेले योगदान गर्न सक्ने) गर्ने भनी परिपत्र तथा सार्वजनिक सूचना समेत जारी गरिएको भए पनि केही अस्पतालहरुले यस अनुसार नगरेको भनी जनगुनासो आएको भन्दै सबै अस्पतालहरुलाई निःशुल्क उपचार गर्नु गराउनु हुन निर्देशानुसार अनुरोध छ’ मन्त्रालयद्वारा जारी परिपत्रमा भनिएको छ।’

मन्त्रालयको निर्देशनअनुसार निःशुल्क उपचार गर्ने अस्पतालहरुलाई नियमानुसार शोधभर्ना रकम उपलब्ध गराइने र यस विपरीत गर्ने अस्पतालहरुलाई नियमानुसार कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ।