ऋतिक रोशन र कंगना रनावतबीच पुनः विवाद - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

ऋतिक रोशन र कंगना रनावतबीच पुनः विवाद



मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनावतबीच पुनः विवाद भएको छ ।

कुनै समय उनीहरू प्रेमसम्बन्धमा रहेको खबरले बलिउड तातेको थियो । उनीहरूको विवाद छताछुल्ल हुने गरेको छ ।

कंगनाको चलचित्र ‘मेन्टल कै क्या’ र ऋतिक अभिनीत ‘सुपर ३०’ एकै मिति अर्थात् जुलाई २६ मा रलिज हुने भएपछि उनीहरूको विवादफेरि चुलिने अनुमान लगाइँदै छ ।

कंगनाको चलचित्र जुन २१ मा रिलिज हुने भनिए पनि जुलाई २६ मा सारिएको छ । ‘मेन्टल कै क्या’ को निर्माण टिमले रिलिज मिति जानीजानी एकै समयमा नपारेको बताएको छ ।

यो खबरले दर्शक र फ्यानलाई फेरि तताउने पक्का छ । सुपर ३० ले पनि अब मिति नसार्ने जनाएको छ । यसले बक्स अफिसमा पनि नकारात्मक असर पर्ने अनुमान गर्न सकिन्छ ।