चर्चित डा. विमल अग्रवाललाई हृदयघात - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

चर्चित डा. विमल अग्रवाललाई हृदयघात



विराटनगर :  लामो समयदेखि कोसी अस्पतालमा कार्यरत विराटनगरका चर्चित बाल रोग विशेषज्ञ डा. विमल अग्रवाललाई हृदयघात भएको छ। अग्रवालको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

उनी मंगलबार उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पतालमा भर्ना भएका थिए। उपाचारका क्रममा इसीजी गर्दा केही असहज देखिएपछि इको गरिएको थियो। इकोका क्रममा मुटुको धमनी अवरुद्ध रहेको देखिएको कोसी अस्पतालले जनाएको छ ।

उनि निकट चिकित्सकहरुका अनुसार आफ्नो स्वास्थ्य अवस्थाका बारेमा पनि उनले आफ्ना निकटस्थ चिकित्सकलाई जानकारी गराएका थिएनन्। अरु बेला भन्दा उनले एक महिनादेखि भिन्न व्यवहार देखाउँदै आएको पोखरेलको भनाइ छ। साथीभाइसँग धेरे घुलमिल नगर्ने, पत्रपत्रिका पढेर टोलाइरहने जस्ता व्यवहार अग्रवालले देखाउँदै आएको चिकित्सकहरुको भनाइ छ।

उपचारका क्रममा मंगलबार रातिबाटै अवस्था गम्भीर बनेपछि डा. अग्रवालका विषयमा भारतको मेदान्त अस्पताल र काठमाडौंका वरिष्ठ चिकित्सकसँग पनि थप उपचारका लागि सल्लाह गरिएको थियो। नोबेल अस्पतालका अनुसार भेन्टिलेटरमा राखेर उपचार गराइरहेका डा. अग्रवालको बे्रनडेड भइसकेको छ। नोबेल अस्पतालमा अहिले अग्रवालका परिवारसहित विराटनगरका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, आफन्त,  शुभचिन्तक र विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिको भीड लागेको छ।