२०७६ साउन ३, शुक्रबार

छोरीलाई दाइजो नै दिने हो भने पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एच पी भी भ्याक्सिन’ दिनुस्

July 4, 2019
149 Views

-डा. ज्योती अग्रवाल

पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण एच पी भी अर्थात् ‘हयुमन प्यापिलोमा भाइरस’ हो। यसका कारण धेरै महिलाले ज्यान गुमाइरहेका छन्। त्यसो त पाठेघरको मुखको क्यान्सर अन्य कारणले पनि हुन्छ। जस्तै ‘प्राइभेट अंग’को सरसफाइमा ध्यान नपुर्याउने, धेरै जनासँग यौनसम्पर्क गर्नेे, धेरै बच्चा जन्माउने, कम उमेरमै विवाह गर्ने, अत्यधिक धूमपान गर्नेहरूमा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्छ। तर सबैभन्दा बढी भने एच पी भी भाइरसकै कारण हुन्छ।

यो भाइरसका कारण हुने क्यान्सरबाट जोगिन भ्याक्सिन दिन सकिन्छ, जसलाई एचपीभी भ्याक्सिन भनिन्छ। एचपी भ्याक्सिन नेपालमा पनि उपलब्ध छ। सरकारले यो भ्याक्सिन निशुल्क उपलब्ध गराउने भनेर ‘पाइलट प्रोजेक्ट’का रूपमा शुरु पनि गरेको थियो। तर त्यो कार्यक्रम त्यति प्रभावकारी रूपमा अघि बढ्न सकेन त्यसैले यो सबैको पहुँचमा छैन।

यो अन्य भ्याक्सिनभन्दा निकै महँगो पनि छ। प्राइभेटमा एउटै भ्याक्सिनको लगभग ६ हजार रुपैयाँ जति पर्छ । यसको कोर्स पूरा गर्न तीन वटा भ्याक्सिन लगाउनु पर्छ। यसको मतलब एक छोरीलाई १८ हजार जति खर्च गर्नुपर्छ। तर सबै आमाहरूले गर्न सक्दैनन्। त्यसैले पनि यसलाई सबैको पहुँचमा पुर्याउनुपर्छ ।

छोरीहरूलाई नौ वर्ष पुग्नेबित्तिकै एच पी भी भ्याक्सिन’ चाहिँ लगाउने वातावरण बनाउन जरुरी छ, जसले पछि हुनसक्ने क्यान्सरबाट बचाउँछ। सबै आमालाई मेरो आग्रह– छोरीलाई दाइजो नै दिने हो भने पाठेघरको मुखको क्यान्सरविरुद्धको एच पी भी भ्याक्सिन दिनुस्। छोरीका लागि यो भन्दा ठूलो दाइजो अरु हुनै सक्दैन।
यो भ्याक्सिन नौ वर्षको उमेरदेखि ‘सेक्स लाइफ’ शुरु गर्नुभन्दाअघि नै दिनु राम्रो मानिन्छ। तर ९ देखि ४५ वर्ष सम्मका महिलाले समेत भ्याक्सिन लिन सक्छन्। यो उमेरसम्म पाठेघरमा ‘इन्फेक्सन’ नभएको भए अब उपरान्त हुने इन्फेक्सन रोक्ने काम गर्ने हुनाले ४५ वर्षसम्मका महिलाले एच पी भी भ्याक्सिन लिन मिल्छ। यो भ्याक्सिनको कोर्स भने पूरा गर्नैपर्छ, छ महिना भित्र तीन वटा भ्याक्सिन लगाएर।

आजभोलि मानिसहरूमा जनचेतनाको स्तर निकै बढेको छ। मेरो क्लिनिकमा धेरै आमाहरू आफैँ यो भ्याक्सिनका बारेमा बुझ्न आउँछन्। हामी यसबारे सबै कुरा बताउँछौँ। कसले लगाउने, किन लगाउने, लगाउँदा के हुन्छ, सबै बताउँछौँ।

अझ म त सबै आमाहरूलाई शुरुमै तपाईँको छोरी छ कि छैन भनेर सोध्छु। अनि भ्याक्सिनको बारेमा बताउँछु। दुःखको कुरा, भ्याक्सिन लगाउनुपर्छ भन्ने थाहा पाउँदापाउँदै पनि रकम अभावका कारण महंगो रहेछ भनेर नलगाउने पनि धेरै छन्। यो देख्दा निकै दुःख लाग्छ।

यो हामीले महंगो बनाएका होइनौँ। बाहिरबाट भ्याक्सिन आउँदा नै महंगो पर्छ। कमसेकम सरकारी अस्पतालमा निःशुल्क यो भ्याक्सिन दिएर छोरीहरूलाई क्यान्सरबाट जोगाउन जरुरी छ। भ्याक्सिन दिएर क्यान्सरबाट जोगिन सकिन्छ भने किन नदिने!

बरु कम मूल्य पर्ने लुगा किनेर लगाउन दिने तर हरेक आमाले आफ्ना छोरीलाई नौ वर्ष पुग्नेबित्तिकै एच पी भी भ्याक्सिन’ चाहिँ लगाउने वातावरण बनाउन जरुरी छ, जसले पछि हुनसक्ने क्यान्सरबाट बचाउँछ।

त्यसैले सबै आमालाई मेरो आग्रह– छोरीलाई दाइजो नै दिने हो भने पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एच पी भी भ्याक्सिन’ दिनुस्। छोरीका लागि यो भन्दा ठूलो दाइजो अरु हुनै सक्दैन।

उक्त सामाग्री हामीले हेल्थ टिभी अनलाईनबाट लिएका हौ ।

सम्बन्धित खवर

मन्त्री पण्डितले भने – कर्मचारी प्रशासन सुधार्न हर सम्भव कदम चाल्न तयार छौँ
राजनीति
shares6 views
राजनीति
shares6 views

मन्त्री पण्डितले भने – कर्मचारी प्रशासन सुधार्न हर सम्भव कदम चाल्न तयार छौँ

Himalpost Desk - २०७६, ३ श्रावण १४:०२

हिमालपोस्ट/काठमाडौँ- कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखी बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको सङ्घीय मामिला तथा सामान्य…

बम विस्फोट : राम बहादुरलाई सहिद घोषणा गर्दै विप्लवले निकाल्यो यस्तो विज्ञप्ति
समाचार
shares5 views
समाचार
shares5 views

बम विस्फोट : राम बहादुरलाई सहिद घोषणा गर्दै विप्लवले निकाल्यो यस्तो विज्ञप्ति

विशाल पाण्डेय - २०७६, ३ श्रावण १३:५८

कैलाली । नेपाल कम्युनिष्ट पार्टीले बिहिबार साझ कैलालीको धनगढीमा भएको बम विस्फोटमा परी ज्यान गुमाउने राम बहादुर सिंह ‘राजेश’लाई शहिद…

अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो
समाचार
shares8 views
समाचार
shares8 views

अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो

Himalpost Desk - २०७६, ३ श्रावण १३:३१

हिमालपोस्ट/काठमाडौँ भारतबाट पाइपलाइनमा बग्दै पहिलो पटक डिजेल अमलेखगन्जमा आइपुगेको छ। पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर सरद पौडेलले शुक्रबार बिहान ९ बजे…