नेपाल एक्लो छैन, हामी साथमा छौं: चिनियाँ राजदूत - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

नेपाल एक्लो छैन, हामी साथमा छौं: चिनियाँ राजदूत



काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत याछी हेउले चीन नेपालको साथमा रहेको बताएकी छिन्।

एक ट्वीट गर्दै याछीले आफूहरु केही मेडिकल सामाग्रीहरु नेपाल ल्याउन प्रयत्न गरिरहेको बताएकी छिन्। उनले लेखेकी छिन्, ‘हामी नेपालका लागि प्रार्थना गर्छौं र केही चिकित्सा सामाग्री ल्याउन सक्दो संयोजन गर्दछौं। हामी साथमा छौं।’

कोरोना भाइरसको भयावह देखिए नेपालमा मेडिकल सामाग्रीहरु अभाव देखिने शंकाकाबीच याछीको यो ट्वीट आएको हो।

सरकारले आवश्यक परे चीनबाट मेडिकल सामाग्री तथा चिकित्सकहरु ल्याउनसक्ने जनाइसकेको छ।