होटल तथा रेष्टुरेण्ट व्यवसायी संघमा मतदान सम्पन्न, मतगणना जारी
बुटवल । होटल तथा रेष्टुरेण्ट व्यसायी संघ रुपन्देहीको नयाँ नेतृत्वका लागि मतदान सकिए पश्चात अहिले मतगणना सुरु भएको छ । मतदान सकिए पश्चात मतगणना सुरु भएको संघका प्रेस सल्लाहकार यमलाल भुसालले जानकारी दिनु भयो । मतगणना राति १० बजेसम्म सकिने अनुमान गरीएको छ ।
संघको अध्यक्षका लागि बर्तमान अध्यक्ष समुन्द्र जिसी र निर्वतमान अध्यक्ष मोदनाथ वेल्वासेले अलग अलग प्यानल तथा वर्तमान वरिष्ठ उपाध्यक्ष राम प्रसाद गौतमले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए ।
जिसीको प्यानलवाट वरिष्ठ उपाध्यक्षमा जीवन श्रेष्ठ, प्रथम उपाध्यक्षमा बावुराम श्रेष्ठ, द्रितीय उपाध्यक्षमा रोमाकान्त पाण्डे महासचिवमा माधव कुमार खनाल सचिवमा मोहन पाण्डे कोषाध्यक्षमा टंक प्रसाद पराजुली र सहकोषाध्यक्षमा चिरञ्जिीबि पौडेल रहेका छन् ।
त्यसै गरी वेल्वासेको प्यानलवाट बरिष्ठ उपाध्यक्षमा भीमलाल न्यौपाने,प्रथम उपाध्यक्षमा बाबुराम गौतम, द्रितीय उपाध्यक्षमा प्रकाश न्यौपान, महासचिवमा लेखनाथ भण्डारी सचिवमा प्रेम प्रसाद वन्जाडे र कोषाध्यक्षमा लिल बहादुर बोहोरा र सचिवमा रुद्र ज्ञवाली रहेका छन् ।
जिसीको प्यानलवाट सदस्यमा राम बहादुर न्यौपाने, विष्णु बहादुर अधिकारी, चिरन्जीवी शर्मा,नन्दराम भुसाल, तुल्सीराम पराजुली, गोबिन्द पौडेल, मोहन वस्याल ,खेमराज ज्ञवाली र राधा थापा रहेका छन् । त्यसै गरी वल्वासेको प्यानलवाट सदस्यमा कृष्ण प्रसाद गैरे,अर्जुन थापा, मीना कुमारी वस्नेत, रीना काफले, राम बहादुर केुसी, केशर खत्री, केशव कंडेल, खुमन नेपाली, लक्ष्मण बस्याल रविष्णु प्रसाद न्यौपाने रहेका छन् ।