प्रधानमन्त्रीबाट गैरकानुनी होटलको उद्घाटन गराउने तयारी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रधानमन्त्रीबाट गैरकानुनी होटलको उद्घाटन गराउने तयारी



काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीबाट पोखराको लेकसाइडमा मापदण्डविपरीत निर्माण भएको एक होटलको उद्घाटन गर्ने तयारी गरिएको छ । उक्त होटल शनिबार उद्घाटन गर्ने तयारी गरिएको हो ।

१० तले उक्त होटलले पोखरा महानगरपालिकाबाट तीन तलाभन्दा माथिको तलाको मान्यता नै नलिइ सञ्चालन भएको बुझिएको छ ।  यस्तो अवस्थामा प्रधानमन्त्रीले नै उक्त होटल उद्घाटन गर्ने कुरा बाहिर आएपछि पोखरामा यसको बहस सुरु भएको छ ।

यसैबीच, उपराष्ट्रपति नन्दबहादु पुन पासाङले गत माघ २ गते पोखराको बुद्धचोकमा मापदण्डविपरीत निर्माण भएको १० तले होटल टाक्स इन्टरनेसनलको उद्घाटन गरेर आलोचित भएका थिए ।

पोखरामा हालसम्म बैधानिक रूपमा तीनतले घर तथा होटल एवं भवनहरू निर्माणको अनुमति भए पनि मापदण्डविपरीत निर्माण भएको होटलमा उपराष्ट्रपति जस्तो व्यक्तिले उद्घाटन गर्नु निकै हास्यास्पद भएको बताइएको छ ।

अर्को गजबको कुरा त के छ भने प्रधानमन्त्री ओलीले उक्त होटेल उद्घाटन सम्बन्धि स्थानीय तहसँग सल्लाह समेत गरेका छैनन् ।