दुई होटलमा छापा:६ युवतीसहित ९ जना पक्राउ - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

दुई होटलमा छापा:६ युवतीसहित ९ जना पक्राउ



झापा–बेश्याबृतिको धन्दा चलाएको आरोपमा प्रहरीले झापाका दुई होटलमा छापा हानेको छ। होटलबाट ६ युवतीसहित ९ जना पक्राउ परेका छन्।

बिर्तामोड– ३ मा रहेको ग्रिनल्याण्ड होटल एण्ड लज तथा बिर्तामोड– ५ मा रहेको झरना होटल एण्ड लजमा प्रहरीले छापा हानेको हो।

ग्रिनल्याण्ड होटल एण्ड लजमबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। झापा गौराहद– ५ बस्ने २० वर्षिय प्रेम खत्री, काभ्रे बनेपा–६ बस्ने २५ वर्षया आयुषा तामाङ र ईलाम सुर्योदय– २ फिक्कल बस्ने २३ वर्षिया रुबिना तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै झरना होटल एण्ड लजबाट ६ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले ग्राहक बनेर होटलमा पुगेका भारतीय नागरिकहरु ३३ वर्षिय महमद सफिक २३ वर्षिय भोलालाई पक्राउ गरेको छ।

त्यस्तै जिल्ला रुपन्देहीकी निशा गिरी,प्रमिला गिरी, काठमाडौं चाबहीलकी सरिता लामा, झापा कनकाईकी दिया चौधरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुवै होटलमा यौनजन्य गतिविधि हुने सूचनाका आधारमा छापा हानी उनीहरुलाई पक्राउ गरिएको इप्रका अनारमनीका डिएसपी कृष्ण प्रसाद कोइरालाले बताए।

यस्तो गतिविधिमा संलग्न एक सय भन्दा धेरैलाई प्रहरीले पछिल्लो ६ महिनामा पक्राउ गरेको छ। प्रहरीले निरन्तर छापा हानेपछि बेश्यावृत्तिको धन्दा चलाउने दुई दर्जन होटल तथा लज बन्द भइसकेका छन्।