अत्यावश्यक नपरेसम्म अस्पताल नजान स्वास्थ्य मन्त्रालयको निर्देशन - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

अत्यावश्यक नपरेसम्म अस्पताल नजान स्वास्थ्य मन्त्रालयको निर्देशन



काठमाडौं- स्वास्थ्य मन्त्रालयले अत्यावश्यक बाहेक अन्य परीक्षण तथा शल्यक्रिया नगर्न निर्देशन दिएको छ।

कोरोना भाइरसको कारण देखाउँदै मन्त्रालयले सूचना जारी गर्दै काठमाडौं तथा ५० शैया भन्दा माथिका अस्पतालमा चैत मसान्तसम्म नजानको लागि आग्रह गरेको हो।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं उपत्यकाका ५० सैया र सो भन्दा माथिका अस्पतालहरूलाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सम्बन्धी सेवाहरु आउँदो चैत मसान्तसम्मका लागि बन्द गर्न निर्देशन दिने।’

त्यस्तै कोभिड-१९ को पहिचान, परीक्षण, उपचार र रोकथामको लागि आवश्यक पर्ने अत्यावश्यक सामग्रीहरुको स्वास्थ्य सेवा विभागले सूची तयार गरी परिणाम समेत उल्लेख गर्ने बताइएको छ।

उक्त सामाग्रीहरु उपलब्ध गराइदिन मन्त्रालयमार्फत नेपालमा रहेको चिनियाँ राजदूतावासलाई अनुरोध गर्ने निर्णय गरेको छ।