पत्थरीको अप्रेसनामा मिर्गौला झिक्दा मृत्यु : अस्पताल तनावग्रस्त - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

पत्थरीको अप्रेसनामा मिर्गौला झिक्दा मृत्यु : अस्पताल तनावग्रस्त



असोज ९, काठमाडौं-

डाक्टरको लापरबाहीबाट बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न नमानेपछि आइतबार दिनभर ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तनावग्रस्त बन्यो ।

पत्थरीको उपचार गर्न सप्तरीबाट राजधानी आएकी २३ बर्षीया ललिताकुमारी चौधरीको उपचारको क्रममा शनिबार निधन भएको थियो ।

चौधरीलाई सामान्य अवस्थामा साउन १७ गते किस्टमा भर्ना गरिएको थियो । आजको कान्तिपुरमा यो खबर छ ।

उनको पत्थरीको अप्रेसना क्रममा समस्या देखिएको भन्दै मिर्गौला झिक्दा मृत्यु भएको आफन्तको आरोप छ ।

भर्ना भएको एक सातापछि चौधरीको पत्थरीको अप्रेसन भएको थियो ।

मृतकका दाइ रामस्वागतले विरामीको अवस्थामा सुधार नआएपछि अर्को अस्पतालमा रिफर गर्न आग्रह गर्दा अस्पतालले अस्वीकार गरेको बताए ।

पत्थरी निकाल्ने क्रममा पीप फेक्सोसम्म फैलिएकाले बिरामीको अवस्था नाजुक बनेको अस्पतालको भनाइ छ ।

उपचारमा संलग्न डा. कुशल कार्कीले चौधरीको दायाँ मृगौलामा पत्थरी देखिएको बताए ।