हंगकंगमा नेपालीले मनाए २९६ औँ पृथ्वी जयन्ती,युवा नेता कार्की सम्मानित - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

हंगकंगमा नेपालीले मनाए २९६ औँ पृथ्वी जयन्ती,युवा नेता कार्की सम्मानित



हंगकंग,चीन,३० पौष।

प्रवासी नेपाली एकता समाज हंगकंगले २९६ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस राष्ट्रिय एकताका प्रतीक श्री ५ बडा महाराजा धिराज पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण साथै विविध कार्यक्रम गरी भव्यताको साथ मनाएको छ।विदेशी भूमिमा रहेर पनि पृथ्वी नारायण शाहलाई सम्झेर कार्यक्रम गर्नु नै महान् कार्य हो भन्नु हुन्छ उक्त कार्यक्रमका विशेष अतिथि हिकमत जङ्ग कार्की।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली महाबाणिज्य दूतावास हंगकंगका महाबाणिज्य दूत कमल प्रसाद भट्टराई,विशेष अतिथि प्रवासी नेपाली एकता समाज हंगकंगका संस्थापक राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली युवा नेता हिकमत जङ्ग कार्की,अतिथि समाजसेवी एवं व्यवसायी संस्थाका सल्लाहकार प्रकाश पुन ,नेपाली जनसम्पर्क समिति हंगकंगका सभापति जगत् शाह , तमु समाज हंगकंगका अध्यक्ष कोमल गुरुङ , नेकपा एमालेका उपाध्यक्ष बसन्ति राई , गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् हंगकंगका अध्यक्ष श्रीमती टिका गुरुङ ,हंगकंग महासङ्घको अध्यक्ष रिता गुरुङ साथै हंगकंगमा रहेका नेपालीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि लगायत अन्य अतिथिहरूले पृथ्वी नारायण शाहको योगदानका बारेमा खुलेरै चर्चा गरेका थिए।कार्यक्रममा युवा नेता कार्कीलाई ढाका टोपी लगाई सम्मान पत्र पनि दिएको थियो।कार्यक्रममा युवा नेता कार्कीले पृथ्वी नारायण शाहको योगदानको उच्च मूल्याङ्कन गर्दै पृथ्वी जयन्तीलाई कुनै राजनीतिक व्यवस्थासँग नजोड्न आग्रह गरे।पृथ्वी नारायण शाह राष्ट्रिय एकताको प्रतीक भएकोले उनको जयन्तीले राष्ट्रिय एकताको साथमा राष्ट्रिय राजनीतिमा पनि एकता सहकार्य कायम रहनु पर्ने कुरामा जोड दिनु भयो ।

पृथ्वी नारायण शाहले तत्कालीन समयमा गोरखाबाट फौज लिएर नहिँडेको भए आज हामीपनि शायद ममता बनर्जीको गोलीको सिकार भई सक्थ्यौ होला।नेपालीमा पढ्न पाउ भनेर कराउदै हिँड्थ्यौ होला ।त्यसैले उहाँको जन्म जयन्तीलाई राष्ट्रिय गौरव र उत्सवको रूपमा मनाउन पर्दछ।कार्यक्रममा सभापतित्व प्रवासी नेपाली एकता समाज हंगकंगका अध्यक्ष ईश्वर विक्रम शाह हुनु हुन्थ्यो।कार्यक्रममा स्वागत मन्तव्य तमु पेलु सङ्घ हंगकंगका अध्यक्ष मन बहादुर गुरुङले गरेका थिए भने कार्यक्रम सञ्चालन पुकार शाहले गरेका थिए।