समाजवाद काठमाडौंबाट होम डेलिभरी हुँदैन: राम कार्की - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

समाजवाद काठमाडौंबाट होम डेलिभरी हुँदैन: राम कार्की



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले सत्तामा रहेका कम्युनिष्ट पार्टीका लागि सबैभन्दा खतरनाक अवस्था आएको बताएका छन् ।

राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा कार्कीले चुनावपछि जनता र पार्टीको सम्बन्ध टुटेकाले सत्तामा रहेका एमाले–माओवादीलाई सबैभन्दा खतरनाक अवस्था रहेको बताएका हुन्। उनले स्थानीय कमिटीमा हामीले काम गर्ने हो, समाजवाद यहीँ जन्माउने हो भन्ने भन्दा पनि समाजवाद लिन सिंहदरबार डेलिगसन आउने क्रम सुरु भएको बताए।

‘विश्व इतिहास हेर्दा मार्क्सवादले त्यतिबेला धक्का खाएको छ, जतिबेला यो बलियो हुन्छ,’ कार्कीले भने, ‘हामीलाई जनताले भोट दिएर पठाएका छन्, त्यही भएर हामी एउटा खतरनाकस्थितिमा आइपुगेका छौं। तल्ला तहका नेता कार्यकर्तालाई लागेको छ, अब समाजवाद काठमाडौंबाट होम डेलिभरी भएर आउँछ।’