रंगहरुको पर्व होली सम्पन्न
ओम प्रकाश बानियाँ
रंगहरुको पर्व होली फाल्गुण १७ र १८ गते सम्पन्न भएको छ ।
फाल्गुण महिनाको पुणिमा र परेवा तिथिमा २ दिन मनाईने होली पुणिमाको दिन पहाड र परेवा तिथिमा तराई भेगमा मनाईने गरिन्छ । परापुर्वकालमा आफ्ना सत्यवादी छोरा प्रलाहदको अन्त्य गर्ने खोज्ने हिरणय काश्यप तथा उनकी बहिनी होलिकाको अन्त्य भएको दिनको रुपमा फागु पुणिमालाई मनाईदै आएको पाईन्छ ।
सुनसरी जिल्लाको विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रमहरु गरि सामुहिक रुपमा होली पर्व मनाईएको छ । त्यस्तै बराहक्षेत्र नगरपालिकामा विभिन्न संघ सस्थाहरुले औपचारिक तथा मनोरञ्जनात्मक खेलहरु समेत आयोजना गरेर होलीको रौनक थप्ने काम गरेका थिए ।
पछिल्लो समयमा होलीमा बड्दै गएको विकृती लाई समेत सामुहिक रुपमा औपचारिक कार्यक्रमहरु गरी मनाइनुले विकृती न्यूनीकरण हुने समाजका अगुवाहरु बताउछन् ।
सामुहिक रुपमा भाईचारा कायम गर्दै एक आपसमा रंग पोती मनाईने होलीले जबर्जस्ती रंग पोत्ने, बहानामा झैझगडा नै हुने जस्ता विकृत पक्षहरु हटाउन मद्दत पुग्ने बुद्धिजिवीहरुको ठम्याई छ ।
असुरको पराजय भई सत्यको विजय भएको खुशीयालीमा यो पर्व मनाईएको पाईन्छ ।