होली खेल्दा सावधानी अपनाउनुहोस – डा. रवीन्द्र पाण्डे
प्राचीनकाल होली खेल्दा रङ्गको लागि बेसार, तुलसी, निम, चन्दन, गुलाफ, हिबिस्कस, ऋतुगत फुलहरू तथा अन्य प्राकृतिक रंगहरु प्रयोग गरिन्थ्यो । जसको कारण छालामा औषधिजन्य फाइदा हुन्थ्यो ।
आजभोलि होलीमा विभिन्न रासायनिक पदार्थहरू मिसाएका रंगहरुको प्रयोग हुन्छ । त्यस्तै प्रदुषित पानीको प्रयोग गरिन्छ । यस्ता अप्राकृतिक रासायनिक पदार्थले हाम्रो शरीरमा बेफाइदा गर्छ । जस्तै :
. छालामा बिमिरा वा एलर्जी आउने
– कपाल सुख्खा बनाउने, टाउकोमा रौँ उम्रने छाला ( स्काल्प ) मा असर पर्ने
– आँखा चिलाउने
– शरीरमा पानीको कमी हुने
– थकाइ लाग्ने
होलीको रङ्गमा मिसिने रसायनहरू :
मर्करी सल्फाइट ( रातो रङ्गमा )
– छालाको क्यान्सर हुने, आँखाको दृष्टि गुम्ने, स्मरण शक्ति ह्रास हुने, आंशिक पक्षघात हुने ।
लेड अक्साइड ( कालो रङ्गमा )
– किड्नीको समस्या, छालामा एलर्जी, मस्तिष्कघात, सुस्त मनस्थिति ।
कपर सल्फेट तथा मेलाचाइट ग्रिन (हरियो रङ्गमा ) ।
– अस्थायी अन्धोपन, खटिरा, सुख्खा छाला, एलर्जी हुने तथा गर्भस्थ शिशुको अस्थिपन्जरमा असर ।
प्रुसीअन ब्लु ( निलो रङ्गमा )
-छालामा असहिष्णुता, छाला सुन्निनु ।
एल्मिनम ब्रोमाइड ( सिल्भर रङ्गमा )
– क्यान्सर हुने अत्यधिक सम्भावना
क्रोमियम आयोडिन ( पर्पल रङ्गमा )
– दम, छाला सुन्निनु, एलर्जी हुनु
क्रोमियम – दम, एलर्जी
निकेल – डरमाटाइटिस निमोनिया
क्याडमियम – कम्जोर र टुट्ने हड्डी
जिंक – ज्वरो
आइरन – ज्वरो
माईका ( अबिर ) – चम्किने रङ्गको लागि प्रयोग हुन्छ जसले धातु जस्तो चमक दिन्छ –छालाको एलर्जी र असहिष्णुता
अन्य –
शिशाका मसिना टुक्राहरूको कारण छालामा घाउ हुने र पछि त्यसमा सङ्क्रमण हुने
-कपाल झर्नु, टुक्रिनु
– आँखाबाट आँसु आउनु, चिलाउनु, पाक्नु
– सास फेर्न गाह्रो हुनु
– साइनोसिस हुनु
फोहोर पानीको कारण – आँखा तथा छालाका रोग, सरुवा रोग
गर्भवती तथा नजन्मिएको शिशुलाई असर – रोग प्रतिरोधात्मक शक्ति घट्छ ।
– नवजात शिशुलाई रङ्गको प्रयोग नगर्ने, उनीहरूको छाला निकै सम्बेदनशील हुन्छ ।
जबर्जस्ती होली खेल्दा – रङ्ग तथा फोहोर पानी आँखाभित्र, कानभित्र पस्ने र ती स्थानमा एलर्जी तथा सङ्क्रमण हुने । कानको जाली फुट्ने, आँखा फुट्ने, लोलाको चोट वा छतबाट खसेर मृत्यु हुनु आदि ।
रङ्गमा मिसिने अन्य रसायनहरू :
ग्रिज, इन्जिन आयल, डाइ , माईका, अल्कालिस, सिसाको मसिनो धुलो, फोहोर पानी आदि ।
रङ्गको अत्यधिक प्रयोगले छालालाई स्थायी रूपमा असर गर्छ ।
प्लास्टिक ब्याग, बेलुन, पिचकारीले हान्दा अकल्पनीय क्षति भएको घटना सुनेकै छौँ ।
लेखक साहित्यकार एवंम् जनस्वास्थ्य विज्ञ हुन्