डिसेम्बर १ अर्थात विश्व एड्स दिवस - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

डिसेम्बर १ अर्थात विश्व एड्स दिवस



काठमाडौं । आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइदैछ । एचआइभी जाँच गराउँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने मूल नाराका साथ यस वर्ष एड्स दिवस नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरेर मनाउन लागिएको हो । नेपालमा पहिलो पटक एचआइभीको संक्रमण सन् १९८८ मा देखिएको हो ।

राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार विश्वमा करिव ३ करोड ५० लाख मानिस एचाआईभी एड्सको संक्रमणबाट पीडित छन् । नेपालमा एड्स सम्बन्धि उपचारका लागि देशका विभिन्न स्थानमा ५२ केन्द्र स्थापना गरी सरकारले उपचार तथा परामर्श उपलब्ध गराउँदै आएको छ ।

यसैबीच प्रदेश नम्बर ३ मा एक वर्षकै अवधिमा ४ सय ४५ जना एचआइभी एड्स संक्रमित फेला परेका छन् । दिवसको पूर्वसन्ध्यामा ३ नम्बर प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१७ मा प्रदेश नं ३ मा २ सय ४१ पुरुष, एकसय ८६ महिला र १८ जना तेस्रोलिंगी संक्रमित पहिचान भएका छन् ।

अन्य प्रदेशमा भन्दा प्रदेश ३ मा एआरटी सेवन गर्ने संकक्रमित बढी छन् । यस प्रदेशमा चार हजार ५ सय १२ जनाले नियमित एआरटी सेवन गरिरहेका छन् । २०१० को तुलनामा २०१७ मा ६१ प्रतिशतले संक्रमण घटेको निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशक डाक्टर यदुचन्द्र घिमिरेले संक्रमण अझै घटाउँदै लैजानुका साथै महामारीलाई सन् २०३० सम्म अन्त्य गर्ने लक्ष्य रहेको बताउनुभयो ।