हिन्दू राष्ट्रका लागि चैत देखि आन्दोलन - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिन्दू राष्ट्रका लागि चैत देखि आन्दोलन



लहान। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन हिन्दू राष्ट्र स्थापनाका लागि चैत महीनादेखि सडक सङ्घर्ष गर्ने चेतावनी दिएका छन्।

पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा आज बिहान सिरहाको लहानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले चैत महीनादेखि हुने सडक सङ्घर्षबाटै हिन्दू राष्ट्र स्थापना गर्ने दाबी गरे। उनले मधेशी जनताको पहिचान र स्वाभिमानका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए।