हिन्दू राष्ट्रबारे जनमत संग्रह गराउन शशांक कोइरालाको माग - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

हिन्दू राष्ट्रबारे जनमत संग्रह गराउन शशांक कोइरालाको माग



मोरङ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दू राष्ट्र बारे जनमत संग्रह गराउनु पर्ने माग गरेका छन ।

 

शनिवार विराटनगरमा संचारकर्मीहरुसंग महामन्त्री कोइरालाले हिन्दु राष्ट्र बारे जनमत संग्रह गराउँदा राजनीतिक दलहरुले हस्तक्षेप नगर्ने र जे परिणाम आउछ सबैले स्वीकार्नुपर्ने धारणा व्यक्त गरे ।

उनले जनता महंगीको मारमा परिरहेका बेला स्थानीय तहबाट कर बढाउनु गलत भएको टिप्पणी पनि गरे । उनके नेपाली कांग्रेसले जितेको स्थानीय तहमा कर घटाउन पार्टीले निर्देशन दिन लागेको जानकारी पनि दिए ।

महामन्त्रीले स्थानीय तहले जथाभावी कर लगाउदा संघीयता माथि नै प्रश्न उठ्ने गरेको बताए । उनेल संघीयता विकेन्द्रिकरणको उत्कृष्ट रुप भएकाले यसलाई सफल बनाउन पनि सबैको सहयोग हुनुपर्ने धारणा व्यक्त गरे ।