हिन्दु परिवारबाट आएको भए पनि हिन्दू धर्म मान्दिन :नेता नेपाल - Himal Post Himal Post
  • ९ असार २०८२, सोमबार
  •      Mon Jun 23 2025
Logo

हिन्दु परिवारबाट आएको भए पनि हिन्दू धर्म मान्दिन :नेता नेपाल



काठमाडौँ। सत्तारुढ दल नेकपाका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एशिया प्यासिफिक सम्मेलनमा होली वाइन र क्रिश्चियनसँग आफूलाई जोडेर आएका विषयलाई पुष्टि गर्न चुनौती दिएका छन् ।

प्रतिनिधिसभा, अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा एशिया प्यासिफिक सम्मेलनमा सरकारको संलग्नता र विदेशमा भएको यसको प्रचारबारे सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले क्रिश्चियन धर्मको प्रचारक बन्न खोज्यो भन्ने ढङ्गबाट गरिएको प्रचार कुत्सित मनसायबाट प्रेरित रहेको बताए ।

उनले,“माधव नेपाललाई वाइन शब्दसँगै एलर्जी छ, वाइन कहिल्यै नै खाँदैन, हिन्दू परिवारबाट आएको भए पनि हिन्दू धर्म वा कुनै पनि धर्म मान्दैन, हामी कम्युनिष्ट हौँ, जनताको धर्मको अधिकारलाई सम्मान गर्छाैं ।”

“जनताको मनलाई सम्मान गर्न सबै धार्मिक कार्यक्रममा भाग लिन्छौँ, हिन्दू, बुद्धिस्ट, मुस्लिम, जैन जुन धर्मावलम्बीले बोलाए पनि हामी जान्छौँ, म त भगवान् मान्दिनँ, जनताको भावनामा चोट पु¥याउने राजनीतिज्ञको काम होइन, नेपालको उत्पत्ति हिन्दू र बौद्ध धर्मको पहिचानसँग जोडिएको छ”, उनले भने ।

एशिया प्यासिफिक सम्मेलन नेपाललाई विश्वमा चिनाउन राम्रो भावनाबाटै गरिएको उनको दाबी छ । उनले थपे,‘सरकारले अघि सारेको सुखी नेपाली र समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न सहयोग पु¥याउने उद्देश्य सम्मेलनको थियो ।”

युनिभर्सल पिस फेडरेशनले विभिन्न समयमा आयोजना गरेको विभिन्न कार्यक्रममा नेपालका बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, गणेशमानसिंह, सुशील कोइराला, शेरबहादुर देउवासमेत भाग लिएको बारे नेता नेपालले समितिलाई जानकारी गराए ।