हिन्दू राष्ट्रको अभियानमा मुस्लिम समुदाय - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

हिन्दू राष्ट्रको अभियानमा मुस्लिम समुदाय



भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनस्र्थापना गर्न दबाब दिनका लागि सुरु गरेको हस्ताक्षर अभियानमा मुस्लिम समुदायले पनि सहभागिता जनाएका छन्।

राप्रपाले आइतबार देशभरबाट एकसाथ सुरु गरेको हस्ताक्षर अभियानमा रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधईमा मुस्लिम समुदायले पनि हिन्दू राष्ट्रका पक्षमा हस्ताक्षर गरेका हुन्।

हस्ताक्षर गर्न महिला ठुलो भिड लागेको थियो।

हस्ताक्षर संकलन अभियान शुभारम्भपछि बोल्दै पार्टिका वरिष्ठ नेता दीपक बोहराले दुई तिहाई बहुमतको वर्तमान सरकारलाई सडकबाटै हिन्दू राष्ट्र नेपाल घोषणा गर्न बाध्य पार्ने चेतावनी दिए।

सरकारलाई विभिन्न २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएर आन्दोलनमा उत्रिएको राप्रपाले पहिलो चरणमा चैत २३ गतेसम्म हस्ताक्षर अभियान सञ्चालन गर्न लागेको हो । २५ गते ७७ जिल्ला सदरमुकाम, सात प्रदेशका मुकाम र सिंहदरबारमा १ घण्टा धर्नाको कार्यक्रम तय भएको राप्रपाले जनाएको छ।