नेपालका लागि विश्वभरका हिन्दु एकजुट हुने, घोषणापत्र सहित - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

नेपालका लागि विश्वभरका हिन्दु एकजुट हुने, घोषणापत्र सहित



काठमाडौँ – तीन बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै विश्व हिन्दु महासंघ र ग्लोबल हिन्दु फेडेरेसनको संयुक्त आयोजनामा सुरु भएको दुई दिने अन्तराष्ट्रिय गोष्ठी सम्पन्न भएको छ ।

जागौँ र उठौँ भन्ने मुख्य नारा बोकेको हिन्दु वौद्धिक नेताहरुको सम्मेलनमा मित्र राष्ट्र भारतबाट भारतीय जनता पार्टीका नेता तथा सांसद डा. सुब्रमनियम स्वामी प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा पूर्व सांसद तथा लेखक तरुण विजयसँगै भारत, बेलायत, बंगलाशेर, इण्डोनेसिया, मोरिसस्, मलेसिया, साउदी अरेयिबा लगायतबाट पाहुनाहरु सहभागी थिए ।

सम्मेलनमा संसारको एक मात्रै हिन्दु अधिराज्यको पहिचान भएको देश नेपालमा दिनानुदिन बढ्दै गएको धर्मान्तरण र यसले निम्त्याउने चुनौतीका बारेमा छलफल भएको थियो ।

सम्मेलनले नेपाल लगायत विश्वका विभिन्न मुलुकमा मिसिनरीद्वारा बढ्दै गएको धर्मान्तरण विरुद्धमा एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ ।

सम्मेलनले नेपालमा भइरहेको धर्मान्तरणलाई रोक्न संसारभरीका हिन्दुहरु एकजुट भई निरन्तर रुपमा नेपाललगायत विभिन्न मुलुकहरुमा हिन्दुव्त र पूर्वीय दर्शनको विषयमा रचनात्मक कार्यक्रमहरु गर्ने तथा यसै वर्ष हिन्दु युवाहरुको अन्तर्राष्ट्रिय गोष्ठी नेपालमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै हिन्दु वौद्धिक नेताहरुको गोष्ठी मलेसियाको कोलालम्पुरमा यही वर्ष हुने र नेपाल लगायतका देशको सक्रिय सहभागीता जनाउने निर्णय पनि सम्मेलनमा भएको छ ।

त्यस्तै विश्व हिन्दु महासंघ र ग्लोबल हिन्दु फेडेरेसनकाबीचमा साझा संयुक्त कार्यक्रम गर्नका निम्ति महासंघका निमित्त अध्यक्ष प्रमोद कुमार चौरडिया र फेडेरेसनका अध्यक्ष दातु प्रदिप कुबरेजाबीच एकता प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत भएको छ।