नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न कांग्रेसकै नेताको माग - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न कांग्रेसकै नेताको माग



तनहुँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने बताएका छन् । व्यास नरपालिका–१० सिसुवा, भतेरीमा स्थानीय गाईको संरक्षण गर्न निर्माण गर्न लागिएको ट्रस्टको आज शिलान्यास गर्दै उनले नेपालमा अधिकांश हिन्दू जनता भएकाले सनातन हिन्दूराष्ट्रसहितको राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिए ।

धार्मिक भावना घट्दै गएकाले देशमा हत्या, हिंसा, बलात्कारजन्य घटना बढ्दै गएको बताउँदै उनले धर्मले सदाचारी नेता, नैतिकवान् कर्मचारी तथा शान्त समाज निर्माणमा सहयोग पुग्ने हुँदा हिन्दूराष्ट्रको संरक्षण गर्नुपर्ने धारणा राखे । नेपालमा करिब ६० प्रतिशत धार्मिक पर्यटक आउने गरेको र हिन्दूराष्ट्र घोषणा गर्दा यो सङ्ख्या अझ बढ्ने उनको विश्वास छ । विश्वको एकमात्र हिन्दूराष्ट्रभन्दा नेपाल सबै हिन्दूको आस्थाको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।

लक्ष्मी पूजालगायतका हाम्रो धर्ममा गाई अनिवार्य आवश्यकपर्ने हुँदा यसको संरक्षणका लागि स्थानीय तहबाटै पहलकदमी गरिनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘गौ मातालाई स्वास्थ्य राख्नका लागि पौष्टिक आहार व्यवस्था गर्नुपर्छ ।’