नेपाली काङ्ग्रेसमा यसरी सल्किँदैछ भूषको आगो - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

नेपाली काङ्ग्रेसमा यसरी सल्किँदैछ भूषको आगो



काठमाडौं- नेपाली काङ्ग्रेस यतिबेला दोश्रो चरणको जागरण अभियानमा ब्यस्त छ।पार्टी र आफ्नै सङ्गठनहरू भताभुङ्ग अवस्थामा राखेर जागरण अभियानको नौटंकी गरेको भन्दै पार्टी भित्रै बिरोध पनि भैरहेको छ भने अर्कोतिर हिन्दुराष्ट्रको मुद्दा उठाउन चर्को दवाव झेलिरहेको छ।

पार्टीका केन्द्रीय नेताहरूले पार्टीले हिन्दुराष्ट्रको एजेन्डा बोक्न नसक्ने बताईरहंदा पार्टीकै माथिल्लो र तल्लो क्याडरबाट हिन्दुराष्ट्रको एजेन्डा बोक्नुपर्ने दवाव थेग्नै नसक्नेगरी आउन थालेपछि नेतृत्व ससंकित बनेको छ।

तल्लो तहबाट आएको चर्को दवावकै कारणकेन्द्रीय समितिको बैठकमा अब ‘हिन्दू’ राज्यको विषयमा बहस हुने भएको छ।प्रशिक्षण र जागरण कार्यक्रमका दौरान यहि विषयमा समस्या आएपछि सभापति शेरबहादुर देउवा यस विषयमा लचिलो बनेको पार्टीकै नेताहरूले बताएका छन्।

सुनसरी जाने क्रममा सभापति देउवाले विमानस्थलमा पत्रकारसंगको कुराकानीमा पनि उनले यसको छनक दिएका थिए।

पार्टी उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छादार, नेता कृष्ण सिटौलालगायतका केहि नेताले भने धर्मनिरपेक्षता छाड्न नसकिने अडान राखिरहेका छन्। तर आश्चर्यको कुरा के छ भने हिन्दुराष्ट्रको एजेन्डा बोक्नुपर्ने अडानमा पार्टीमा बहुमत जुटेको छ। यतिमात्र होइन जागरण अभियानकै क्रममा जनस्तरबाट हिन्दुराष्ट्रको एजेन्डा बोक्न कांग्रेसलाई सुझाव आएको छ।एक केन्द्रीय सदस्यका अनुसार यस्तो आग्रह गर्ने सुभेक्छुकको सङ्ख्या अत्यधिक बढेको छ।

पार्टी भित्रैबाट थेगिनसक्नुको दवाव सृजना भएपछि सभापति देउवासहित केहि नेताहरू हिन्दूको एजेन्डामा बहस गर्न लचिलो भएको देउवानिकट स्रोतले बताएको छ।

एकातिर पार्टीलाई उचाईमा ल्याउनुपर्ने र अर्कोतिर छाडिसकेको एजेन्डालाई अंगाल्नुपर्ने भएपछी केहि नेताहरू निकै दवावमा देखिएको युवा नेताहरूले बताउने गरेका छन्।

पार्टीमा महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला दिलेन्द्रप्रसाद बडु, दिलबहादुर घर्ती र दीपक गिरी हिन्दूत्वको वकालतमा छन्।महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण खाँड, नेविसंघका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य एनपी साउद समेत हिन्दू राज्यको पक्षमा छन्।केहि समय अगाडी नेता शंकर भण्डारीको नेतृत्वमा महासमितिको बैठकमा नै हिन्दूलाई एजेन्डा बनाउनका लागि प्रस्ताव मात्र होइन हस्ताक्षर नै शंकलन गरिएको थियो।