आजको मौसम : बागमती लगायत तीन प्रदेशमा हिमपात - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

आजको मौसम : बागमती लगायत तीन प्रदेशमा हिमपात



काठमाडौं- देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् । अहिले बिहान देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ ।

आज राति सुदूरपश्चिम तथा अन्य प्रदेशहरूका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा राति हल्का हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ माैसमविद्ले जानकारी दिएका छन् । तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु र कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।