हिमवन्ती नेपालको चौथो राष्ट्रिय महाधिवेशन सुरु - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

हिमवन्ती नेपालको चौथो राष्ट्रिय महाधिवेशन सुरु



हिमाल पोस्ट
बिजुलीबजार ,काठमाडौं । “शसक्त हिमवन्ती , प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र ग्रामीण महिलाको समुन्नति” भन्ने मुल नाराका साथ चौथो महाधिवेशन काठमाडौंको बिजुलीबजारको क्रिस्टल पार्टी भेन्युमा सुरु भएको छ ।

संघिय नेपालमा प्राकृतिक स्रोत ब्यबस्थापन महिलाको भुमिका विषयक हिमावन्ती नेपालको चौथो राष्ट्रिय महाधिवेशन को उद्घाटन सत्र सुरु भएको छ ।उद्घाटन सत्रको प्रमुख अतिथिको आसन बाट शुभकामना दिदै बन मन्त्री शक्ति बहादुर बस्नेतले ” नेपाल स्रोत साधनले भरी पुर्ण छ । जल ,जमीन र जङगल को मात्र सहि रुपमा सदुपयोग गर्न सकियो भने नेपालले दातृनिकायलाई गुहार्न नपर्ने बताउनु भयो ” ।

बन मन्त्रालयले आउने आर्थिक बर्षबाट नै सामुदायिक बन हजारौ ब्यक्तिहरुलाइ रोजगारी दिने उदेश्यका साथ नीति नियम बनाएर जाने समेत मन्त्री बस्नेतले बताउनु भयो । हिमवन्ती नेपालले गाउँ स्तर र ग्रामीण क्षेत्रमा रहेका महिलाहरुलाइ नेतृत्व बिकास ,क्षमता बिकास , आयआर्जनको पाटो मा राम्रो काम गरेको बताउनु भयो । आफुले सामुदायिक बनहरुलाइ चुस्तदुरुस्त बनाउनका लागि आफू सधै जागरुक हुने , प्राकृतिक सम्पदाको संरक्षण र सदुपयोग गर्ने , स्थानीय तह , प्रदेश सभा र केन्द्रिय सरकारले नीति निमार्ण कार्य थालनी भएको छ। राज्य पुन संरचना गइरहेको बेलामा हिमावन्ती नेपाल प्रभावकारी भुमिका खेल्नु पर्ने बताउनु भयो ।

गाउँ पालिका र नगरपालिकाले योजना निर्माण गर्दा कति प्राकृतिक स्रोत ब्याबस्थापन गर्ने अधिकार दिएको छ राज्यले , ग्रामीण स्तरका महिलाको समस्या कहाँ के छ भन्ने राज्यले अहिले सम्म खोज्न सकेको छैन ।

कार्यक्रममा बझाङका प्रतिनिधि सभाका सभासद आशा नेपाली, बन बिभागका प्रकाश लम्साल , ग्रिन मिडियाका हरि न्यौपाने , कप्सन नेपालका अप्सरा चापागाईं लगायतका ब्यक्तीहरुले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष आरती श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रमको प्रमुख अथितीले गमलामा पानी हालेर उद्घाटन गर्नु भएको थियो ।

हिमावन्ती नेपालका अध्यक्ष रमा आलेमगरको सभापतित्वमा भएको कार्यक्रम दुई दिन सम्म हुने र ४५ वटा जिल्ला बाट प्रतिनिधिहरुको उपस्थिती रहेको छ ।

कार्यक्रम संस्थाका महासचिब निर्मला श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।