भारतमा चर्चित प्रहरीद्वारा टाउकोमा गोली हानेर आत्महत्या - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

भारतमा चर्चित प्रहरीद्वारा टाउकोमा गोली हानेर आत्महत्या



नयाँदिल्ली– मुम्बई प्रहरीका अतिरिक्त महानिर्देेशकले आफैलाई गोली हानेर आत्महत्या गरेका छन्। मुम्बई प्रहरीका भारतका एक चर्चित प्रहरी अधिकृत मानिन्छन ।

५६ वर्षिय हिमांशु रोयले टाउकोमा गोली हानेर आत्महत्या गरेका बताइएको छ ।

उनी केहीदिनदेखि बिरामी बिदामा थिए। क्यान्सर रोग लागेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ। शुक्रबार दिउँसो घरमै उनले गोली हानेका हुन्। सुसाइड नोट पनि भेटिएको प्रहरीले जनाएको छ।

सन् २०१३ को आइपिएलमा भएको म्याच फिक्सिङ, पत्रकारको हत्या, नायिका लैजा खानको बेपत्ता प्रकरण लगायत उनले दर्जन भन्दा धेरै हाइप्रोफाइल अपराधको सफल अनुसन्धान गरेका थिए। राम्रो काम गरेर ‘सुपर कप’को उपनाम पाएका उनको आत्महत्याले धेरैलाई स्तब्ध बनाएको छ।

लामो समय प्रति आतंवाद सेलमा काम गरेका उनी अपराध अनुसन्धानमा बिशेष दख्खल राख्ने भएकाले चर्चित बनेका थिए।