हिमालय एयरलायन्सका कर्मचारीलाई कोरोना संक्रमण - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

हिमालय एयरलायन्सका कर्मचारीलाई कोरोना संक्रमण



काठमाडौँ – वायुसेवा कम्पनी हिमालय एयरलायन्समा फेरि एक अर्का चालक दलका सदस्यमा कोरोना संक्रमण देखिएको छ । विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको उनि संक्रमित भएको बताइएको छ ।

काठमाडौं घर भएका ती पुरुष कर्मचारी फ्लाइट–एटेन्डेटलाई टेकुमा पीसीआर जाँच गर्ने क्रममा सोमबार कोरोना पोजिटीभ देखिएको बताइएको छ । यसअघि हिमालयकै एक पाइलटलाई संक्रमण देखिएको थियो ।उनको अहिले शसस्त्र प्रहरी अस्पतालमा उपचार भैरहेको छ ।

ती कर्मचारी उडान सकेर घरमा बसिरहेका बेला स्वास्थ्यमा समस्या आएपछि आइतबार टेकु अस्पताल पुगेका थिए । सोमबार अबेर रिपोर्ट पोजिटिभ आएको खबर पाएका उनलाई मंगलबार टेकु अस्पतालमा भर्ना गरिएको छ ।

साउदी अरबबाट गत साता मात्रै उनीहरुले १ सय ५४ नेपाली यात्रु यात्रु लिएर आएका थिए ।आरडीटी जाँचमा उनको रिपोर्ट नेगेटीभ थियो । त्यसको पाँचौ दिनमा उनले असहज महशुस गरेपछि उनी टेुक अस्पताल पुगेका थिए ।