‘हाई अलर्ट’मा सुरक्षाकर्मी: गोली ठोक्ने सम्मको आदेश
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेलगत्तै बालुवाटारमा सुरक्षा परिषद्को बैठक बोलाएका छन् । संसद विघटनपछिको परिस्थिति विश्लेषण गर्न परिषद् बैठक बोलाइएको बताइएको छ ।
राजधानीका विभिन्न स्थानमा ब्यापक सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रहरीलाई निषेधित क्षेत्र तोडेमा गोली हान्नेसम्मको आदेश दिइएको स्रोतले बताएको छ ।
नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले उच्च सैनिक अधिकारीहरुको पिएसओ बैठक राखेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले सबै युनिटलाई ‘हाई अलर्ट ’मा रहन निर्देशन जारी गगरेको छ ।
राष्ट्रपतिले संसद भंगको सिफारिस सदर गरेसँगै राजधानी उपत्यकामा प्रहरी परिचालन तीव्र पारिएको छ ।
अहिले बालुवाटारस्थित प्रधानमन्त्री निवासको सुरक्षा कडा पारिएको छ । त्यहाँको बाहिरी भागको चारैतिर नेपाल प्रहरी र सशस्त्रको घेरा हालेर सुरक्षा दिइरहेको छ । निषेधित क्षेत्रमा प्रदर्शन हुन नदिन विषेश सुरक्षा व्यवस्था अपनाइएको छ ।
काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार जनजीवन सहज बनाउने र अराजकता उत्पन्न नहोस् भन्नका लागि प्रहरी परिचालन तीव्र पारिएको हो ।
अहिले निषेधित क्षेत्रमा ११ वटा प्रहरी वृत्तबाट ईन्चार्जसहित ३०–३० का दरले प्रहरी खटिएका छन् ।