गणतन्त्र खारेज गर्न माग गर्दै हेटौंडामा भव्य र्‍याली - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

गणतन्त्र खारेज गर्न माग गर्दै हेटौंडामा भव्य र्‍याली



हेटौंडा : हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनको माग गर्दै आइतबार हेटौंडामा र्या‍ली निकालिएको छ । २०४७/२०४७ को संविधान पुनः स्थापना अभियानको अगुवाइमा र्या‍ली निकालिएको हो ।

हेटौंडाको हुप्राचौरबाट निस्किएको र्याली हेटौंडा बजार परिक्रमा गर्दै सीमा चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

देशव्यापी अभियनको क्रममा राजतन्त्र तथा हिन्दू राष्ट्रको लागि ¥याली आयोजना गरिएको अभियानका संयोजक किशोरी महतोले बताए ।

र्या‍लीमा राप्रपा, शिव सेना नेपाल, नेपाल हिन्दु समाजलगायतमा आबद्ध व्यक्तिको सहभागिता रहेको थियो।

-यालीमा सहभागिले राजा आऊ देश बचाऊ, २०४७ सालको संविधान पुर्नस्थापना गर, गणतन्त्र खारेज गर लगायतका नारा लगाएका थिए । विगतका केही दिनदेखि देशका विभिन्न ठाउँमा राजा र राजतन्त्रको समर्थनमा र्या‍ली जुलुस निकालिंदै आएको छ ।